झापा जिल्लाका कृषकहरु सिंचाईप्रति आकर्षित

| 2022 Apr 17 | 09:18 am 761

झापा, बैशाख ४ः  कृषि बिकासको लागि सिंचाइको ठुलो महत्व रहदै आएको छ । उपलब्ध खेतियोग्य जमिनहरुमा समेत प्रयाप्त मात्रामा सिंचाई सुबिधा पुर्याउन नसक्दा पनि सोचे जति प्रयाप्त खाद्यान्न उत्पादन गर्न नसकिएको हो । त्यसैले खाद्यान्न उत्पादनमा वृद्धी गर्न सिंचित जमिनको क्षेत्रफल बिस्तार गर्न सरकारले देशकै प्राथमिकतामा राखेको छ । सिंचाइको इतिहासलाई फर्केर हेर्ने हो भने सिंचाई क्षेत्रलाई विकास गर्न आवश्यक ठानि सिंचाइमा आधुनिकीकरण गर्ने उद्देश्यले राण प्रधानमन्त्री श्री चन्द्र सम्शेर राणाको कार्य काल वि.स. १९८५ देखि सप्तरी जिल्लाको फत्तेपुर हुदै वग्ने त्रियुगा नदि बाट चन्द्र नहरको स्थापना गरी पानिको बितरण सुरु गरिएको पाईन्छ ।

No description available.

संस्थागत बिकासको क्रममा २०४४ सालमा सिंचाई बिभाग को स्थापना गरी सिंचाई क्षेत्रलाई थप आधुनिकीकरणमा अघि बढाउदै आएको थियो । सो बिभागले नेपालको सवैजसो कृषकहरु लाई सिंचाई सुबिधा उपलब्ध गराई खाद्यान्न उत्पादनमा वृद्धी गराउने उद्देश्य अनुरुप जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय झापाको स्थापना गरेको हो ।

१ नं. प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रायलको मातहतमा रही सिंचाइका बिभिन्न योजना तथा आयोजनाहरुका कार्यक्रमहरु संचालानमा ल्याई झापा जिल्लाका कृषकहरुलाई सिंचाइ सुबिधा उपलब्ध गराउदै आएको छ । सो डिभिजन कार्यलय झापा जिल्लाको चन्द्रगढिमा अबस्थित छ । सो कार्यलयले आफ्ना कार्यक्षेत्र भित्र रहेका पुराना तथा नयाँ योजनाहरुलाई सकृयताका साथ संचालन गर्दै आएको कुरा कार्यालय प्रमुख कृष्ण प्रसाद राजबंशीले बताउनु भएको छ ।

No description available.

तत्कालिन जलउत्पन प्रकोप व्यवस्थापन बिभागको मातहतमा रहेका जलउत्पन प्रकोप डिभिजनहरु खारेज गरिए पश्चात उक्त्त कार्यलयले गर्दै आएको नदि नियन्त्रण तथा व्यवस्थापनका कार्यहरु समेत जलश्रोत तथा सिंचाई बिकास डिभिजन झापाले नै गर्दै आएको छ । नेपाल सरकारले यस्ता योजना तथा आयोजनाहरुको निमार्णका कारण श्रमजिवि स्थानिय बासिन्दाहरुलाई समेत प्रत्यक्ष फाईदा पुर्याएको देखिन्छ । पैसा कमाउन अथवा आर्थिक लाभको लागी खाडी मुलुकमा गएर दुःख गर्नु नपर्ने र आफ्नै परिवारसंग रहेर स्वदेशमै रोजगारीको व्यवस्था मिलेको कुरा स्थानीय श्रमिकहरु बताउँछन् ।

झापा जिल्लाको वुद्धशान्ति वडा नं.३ मा हडिया खोला र फुलवासा खोलाको पानीको स्रोतबाट संचालीत हडिया फुलवासा सिंचाई योजना २०७६/०६/१४ मा सम्झौता भई २०७८/०६/१६ मा सम्पन भई सकेको छ । हडिया फुलवासा सिंचाई योजना पूर्ण रुपमा सम्पन्न भए पश्चात त्यस स्थानको १ सय ८० हेक्टर जमिनमा सिंचाई सुविधा उपलव्ध गराई १ सय ५ घर धुरीका ५ सय २५ जना जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भईसकेका छन् ।

जलश्रोत तथा सिंचाई बिकास डिभिजन झापाको अर्को निर्माणाधिन सिंचाइ योजना हो पलिया सिंचाइ योजना । पलिया खोलाको पानिलाई श्रोत बनाई पलिया खोलामा निर्माणाधिन यस योजना निमार्ण सम्पन्न पश्चात मेचि नगरपालिका वडा नं. ७ को ३ सय १२ हेक्टर जमिनमा सिंचाई सुबिधा उपलब्ध गराउने छ । यस कार्य बाट १ सय १० घरधुरीका ६ सय स्थानिय कृषकहरु प्रत्यक्ष लाभान्वित हुनेछन । हाल निर्माणाधिन सो योजना ४० प्रतिशत निर्माण सम्पन्न भईसकेको छ ।

चिया बगान हुँदै नहर निर्माण गरी लानु पर्ने भएको कारण निर्माणमा केही सानातिना अबरोध आएता पनि पलिया सिंचाई योजना आर्थिक वर्ष २०७८/०७९ भित्र पूर्ण रुपमा निर्माण सम्पन्न गरी स्थानीय कृषकहरुको खेतबारीमा पानी उपलब्ध गराइने कुरा उपभोत्ता समितिका अध्यक्ष चन्द्र प्रसाई बताउनुहुन्छ ।

यस डिभिजन कार्यलयले संचालन गर्दै आएको विभिन्न सिंचाइका आयोजनाहरु मध्ये निन्दा खोलाको पानीको श्रोत रहेको निन्दा खोला सिंचाई योजना निर्माणाधिन अबस्थामा रहेको छ । स्थानिय कृषकहरुले कच्चि कुलो निमार्ण गरी सिंचाई गर्दै आएका उक्त कुलो भत्किने, ठाउँ ठाउँ बाट पानि रसाएर खेर जाने जस्ता समस्याहरु झेल्दै आयकोमा सोही कुलोलाई ढलान गरि पक्कि कुलो निमार्णको सुरुवात भएको छ । उक्त आयोजनाको कोरवाल, आर सि.सि. क्यानल, लाईनिङ, रोड कल्भर्ट जस्ता संरचनाहरु निर्माण गरिनेछ । हाल केही संरचनाहरु निर्माण भई कुलोमा पानी समेत संचालन गर्न सुरु भईसकेको छ ।

उक्त्त योजना निमार्ण पश्चात ५ सय ३० हेक्टर जमिनमा सिंचाई सुबिधा उपलब्ध भई मेचि नगरपालिका झापाको ६ सय घर धुरी रहेका ३ हजार जनसंख्या लाभान्वित हुनेछन् ।

झापा जिल्लाको हल्दिबारी स्थीत हर्चना खोलाको पानीको स्रोत रहेको हर्चना कृषक कुलो सिंचाई योजना पनि सम्पन्न भई सकेको छ । आर्थिक वर्ष २०७५/०७६ मा निर्माण सुरु गरिएको उक्त योजना ठेक्का सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न भई दुई सय दुई हेक्टर जमिनमा सिंचा सुविधा उपलब्ध हुदै आएको छ ।

त्यस्तै झापा जिल्लाकै बाह्रदशी हुदै बग्ने अदुवा खोलाको पानीको स्रोतबाट अदुवा खोला सिंचाई योजना नामाकरण गरी निर्माण सम्पन्न भएको उक्त योजनाद्वारा त्यस स्थानका करिब ७ सय हेक्टर कृषियोग्य जमिनलाई सिंचाई सुविधा उपलब्ध गराई ४ सय घर धुरीका १८ सय ४५ जना स्थानीय बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएको कुरा कार्यालय स्रोत बताउँछ ।

कमल गाउँपालिकाको तोप्गाछी स्थित निर्माण गरिएको भुत्लुङ खोला सिंचाई योजना निर्माण कार्यसम्पन्न गरी त्यस स्थानको ४ सय हेक्टर खेतियोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराइएको छ उक्त योजना आर्थिक वर्ष ०७२/०७३ मा निर्माण सुरु गरी आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सम्पन्न भएको कुरा स्थानीय कृषक तथा उपभोक्त समितिका अध्यक्षले बताए ।

जलश्रोत तथा सिंचाई बिकास डिभिजन झापा डिभिजन कार्यलय मातहतका बिभिन्न कार्यक्रमहरु मध्य अर्को महत्वपुर्ण सिंचाई योजना हो गेउरिया कृषि सिंचाई योजना केही वर्ष पहिला कुनै संस्थाले निर्माण गरी अलपत्र अवस्थामा छाडेको गेउरिया सिंचाइ योजनालाई स्थानीय कृषकहरुको मागको आधारमा जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाको अथक प्रयासमा पुन निर्माण गरी संचालनमा ल्याइएको हो । गौरादह ४ मझुवा स्थित गेउरिया खोलाको पानिको स्रोत सदुपयोग गरि निर्माण गरिएको उक्त सिंचाई योजना निमार्ण कार्य सम्पन्न भई स्थानीय कृषकहरुको खेतबारीमा मनग्य पानी उपलब्ध गराई खाद्यान्न उत्पादनमा तीन गुणा बृद्धी भएको कुरा स्थानीय उपभोक्ता बताउँछन् ।

सो योजनाद्वारा त्यस स्थानको १ सय ९० हेक्टर जमिनमा सिंचाई सुबिधा उपलब्ध गराई २ सय ९७ घर धुरी का करिब १ हजार ६ सय ३० जना स्थानिय बासिन्दाहरुलाई सिंचाई सुबिधा उपलब्ध गराइएको छ ।

यस्ता योजनाहरु संचालनमा ल्याउने क्रममा गौरादह नगरपालिका वडा नं. ४ स्थित डोरामारी रामचन्द्रे सिंचाइ योजनाको नामकरण गरी करिब ९ करोड ६६ लाखको लागतमा निमार्ण सुरु गरीएका हो । उक्त योजनाको हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ । सो आयोजना निर्माण सम्पन पश्चात त्यस स्थानको २ सय ५० हेक्टर जमिन लाई सिंचाई सुबिधा उपलब्ध गराइएको छ ।

तल्लो रामचन्द्रे सिंचाइ योजनाको नामकरण गरी गौरीगंज गाउपालिका वडा नं. ६ मा करीव ९ करोडको लागतमा निर्माण भईरहेको संरचना हाल शतप्रतिसत निमार्ण कार्य सम्पन्न भईसकेको छ । उक्त आयोजनाद्वरा ५ सय हेक्टर खेति योग्य जमिनमा सिंचाई सुबिधा उपलब्ध गराई ४ सय २० घर धुरी का स्थानीय बासिन्दाहरु सिंचाई सुबिधा बाट लाभान्वित भइसकेका छन् । नदी नालाहरुमा पानी सुक्दै गएको कारण तथा अन्य पानीको स्रोत जुटाउन नसक्नुका कारणले आकाशे पानीको भरमा मात्र बर्षको एकबालीमा र्निभर रहनुपर्ने कृषकहरुलाई यस्ता कार्यक्रमहरुको बिकास भए पश्चात बार्षिक तीन बालीसम्म लगाई कृषकहरुको जिवनस्तर नै माथि उठेको देखिन्छ । सिंचाइको अन्य स्राेत नभएको र पूर्खाहरुले कच्चि कुलो निर्माण गरी बर्षायाममा परेको आकाशे पानिको श्रोत जम्मा गरी र केहि बोरिङको भरमा निर्भर रहेर खेतिबालि लगाउनु परेकोमा अवका दिनहरुमा यस्ता समस्याहरु झेल्नु नपर्ने कुरा स्थानीय बासिन्दाले बताए ।

मिती २०७६/११/१९ मा सम्झौता भई निमार्ण सुरु भएको अर्को योजना हो देउनिया सिंचाई योजना । विर्तामोड नगरपालिका वडा नं. ६ र ७ लाई लक्षित गरि निमार्ण सुरु गरिएको उत्त योजना कोभिड–१९ को कारण निमार्णमा केही ढिलासुस्ति भएतापनि हाल तीब्रताका साथ निमार्णाधिन अवस्था मा रहेको छ । उक्त योजना निर्माण सम्पन्न पश्चात त्यस स्थान को २ सय ८५ हेक्टर जमिन सिंचित भई ११ सय घर धुरीका करिव ५ हजार जनसख्या लाभान्वित हुने देखिन्छ । स्थानीय कृषकहरुले परम्परागत शैलीमा निर्माण गरी संचालनमा ल्याइएको कच्चि कुलोको भरमा सिंचाई गर्दै आएका कृषकहरु हल जल स्रोत तथा सिंचाई विकास डिभिजन झापाको आर्थिक सहयोगमा आरसीसी ढलान गरी पक्कि कुलो निर्माण भए पश्चात आयआर्जनमा समेत धरै उपलब्धि भएको कुरा स्थानीय कृषकले बताए ।

आकासे पानीको भरमा मात्र खेती गर्नु पर्दा चाहिएको समयमा पानी नहुने, सुख्खा लाग्ने जस्ता कारणले आयआर्जनमा कमी हुन गई अनिकाल र भोकमरीको समेत र्सिजना हुन सक्छ । त्यसैले लक्ष्य अनुसार यस्ता सिंचाई योजनाहरुलाई समयमै निर्माण सम्पन्न गरी स्थानीय कृषकहरुको खेतबारीमा पानी जुटाउन सकेमा कृषीमा आत्मनिर्भर मात्र होइन किसानहरुले मनग्य आम्दानी गर्न सक्ने देखिन्छ । जब सिंचाई सुविधा उपलब्ध हुन्छ तब किसानहरुले आफ्ना खेतबारी बाझैं राख्न पर्दैन । त्यसैले इतिहासलाई जोगाउदै वर्तमानलाई लाभान्वित गराउदै भावी पुस्ताले पनि उपभोग गर्न पाउने गरी विभिन्न स्थानमा छरिएर बसेका यस्ता साना ठूला योजनाहरुको निर्माण तथा जिर्ण अवस्थामा रहेको योजनाहरुको पुनःनिर्माण गरी झापा जिल्लाका कृषकहरुलाई सिंचाई सुविधा उपलब्ध गराई आत्मनिर्भर गराउनु जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाको मुख्य उद्देश्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.