ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त ६ बर्षपछि पक्राउ

| 2020 Oct 19 | 02:47 pm 92

काठमाडौं, कात्तिक ३ः संगठीत रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ बर्ष कैद सजाय भएका फरार अभियुक्तलालाई प्रहरीले ६ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा धाईजन गाविस ३ हाल परिवर्तित मेचीनगर नगरपालीका १२ बस्ने ३८ वर्षीय नरेश मेचे रहेका छन् ।

२०७१ माघ १८ गते झापा बिर्तामोड नगरपालिका ६ बस्ने सुनिल कुमार अग्रवाल (विन्दल)लाई प्रतिवादी बजरंग पन्सारी (अग्रवाल) समेतले हतियार देखाई विभिन्न डर त्रासमा पारी अपहरण गरी एम्बुलेन्समा हाली झापा धरमपुर २ स्थितमा रहेको हर्क बहादुर कन्दको घरमा बन्धक बनाई राखेको अवस्थामा २०७१ माघ २३ गते प्रहरीले बन्धक बनाएको स्थानबाट पिडितलाई मुक्त बनाएको थियो ।

त्यसै क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा १ जना प्रहरी कर्मचारीसमेत घाईते भएका थिए ।

अभियुक्तहरु उपर संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दा शिर्षकमा जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको, उक्त वारदात पश्चात फरार रहेका नरेश मेचेको हकमा सम्मानित झापा जिल्ला अदालतको मिति २०७१ असार २१ गतेको आदेशले १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना फैसला भएको थियो ।

फैसला पश्चात हालसम्म फरार रहेका मेचेलाई विशेष सुचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले
खोजतलास गर्दै जाँदा आइतबार काठमाडौं महानगरपालिका २९ नयाँ बसपार्क, गँगबुमा रहेको होटेल काठमाडौंबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईएको ब्यूरोले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.