जेल प्रमुखलाई नै जेल सजाय

रिपोर्ट नेपाल | 2022 Apr 15 | 07:17 am 229

एजेन्सी, बैशाख २ः युद्ध अपराध गरेको ठहर गर्दै अफगानिस्तानका एक जना जेल प्रमुखलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ । सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार भएको ठहर गर्दै डच अदालतले बिहीवार एक वृद्ध अफगानी पुरुषलाई यस्तो सजाय सुनाएको हो ।

अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढंगमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट बञ्चित गरेको अभियोगमा १२ वर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने, “यी युद्ध अपराधी हुन् ।” न्यायाधीश कोलले भने, “७६ वर्षीय राफिफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुव्र्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।” उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए ।

सिरिया, अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो । सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो । त्यसपछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.