जुवा खेलीरहेको अवस्थामा १३ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 28 | 07:37 pm 30

कास्की, असार १४ः पोखरा महानगरपालिका८ ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा फेदिखोला ३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पोखरा महानगरपालिका ८ रत्नचोक सुगम मार्ग बस्ने ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.