जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 30 | 04:01 pm 55

कास्की, असोज  १३:  पोखरा महानगरपालिका-१२ ढिकालेथरका भगवान आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१३ माटेपानीका ५१ वर्षीय सूर्य खत्री समेत गरी  ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनीहरूकाे साथबाट नगद ३९ हजार ३ सय १४ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको प्रहरीले जानकारी दिए । वडा प्रहरी कार्यालय रामबजारबाट नियमित सुरक्षा गस्तीमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा सातै जनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.