जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

| 2022 Mar 27 | 05:05 pm 349

झापा, चैत १३ः बिर्तामोड नगरपालिका-६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बागलुङ, बागलुङ नगरपालिका-३ मुलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने  दिवसराज पन्त लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रेग्मीको घरमा कौडा (जुवा) खेलिरहेको भन्ने खबर  प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार रूपैयाँ र १६ थान कौडा  सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ जलामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

अवैध लागूऔषध सहित पक्राउ

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१६ सिर्जना चोकबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीया सोम माया नेपाली र ४५ वर्षीया मनकला सार्की रहेका छन् । सोम माया नेपालीको घरमा अवैध रुपमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ जहदीस्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित रुपन्देही सैनामैना नगरपालिका-८ बस्ने २८ वर्षीय नारायण गाहा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.१२ प ४७४६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बजारबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रा.३ प ३८५० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.