जुवाको खालबाट १४ जना नगद सहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 18 | 08:30 pm 50

तनहुँ, मंसिर ३ः जुवा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर सुनार, भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास बिक, रवि कपाली, महेश कपाली र मनिष थापा रहेका छन् ।

बन्दिपुर गाउँपालिका १ छापबाट रविन पौडेलको खालि घरमा जुवा कौडा खेली रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा ९ जनाको टोली खटी गई जुवा (कौडा),नगद तथा कौडा खेल्दा प्रयोग गरेका निम्न चिजवस्तु सहित कौडा खेल्दै गरेका उनीहरुलाई नियन्त्रणमा लिई निजहरुको थप अनुसन्धान भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।

जुवाको खालबाट प्रहरीले कौडा १६ थान, चकटी १ वटा, गुन्द्री १ वटा नेपाली नगद ५५ हजार ६ सय ५ रुपैयां बरामद गरेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.