जुवाको खालबाट १० जुवाडे पक्राउ

| 2020 Nov 13 | 09:19 pm 62

धनकुटा, कात्तिक २८ः गएराति धनकुटा नगरपालिका ७ मा जुवा खेलिरहेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन श्रेष्ठको घरमा योगेन्द्र कार्कीले भाडामा लिएको र स्वयम योगेन्द्र कार्कीको अगुवाईमा जुवा तास खेल्ने खेलाउने कार्य हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ का ३८ वर्षीय दिलिप रायमाझी, ७ का ४८ वर्षीय गोरख बहादुर कटुवाल, ३३ वर्षीय राम कुमार राई, ३५ वर्षीय लक्षमण विक, ३५ वर्षीय समिर कुमार घिमिरे, ६० वर्षीय लिला कुमार ढंगोल, ९ का ४५ वर्षीय देश कुमार राई, ४५ वर्षीय उद्वव प्रसाद लामिछाने, ७ का ३१ वर्षीय राम कुमार राई र ३ का ३० वर्षीय प्रविण राई रहेका छन् ।

जुवाको खालबाट प्रहरीले प्रयोग गरिएको तास ३ बुङ र नगद १ लाख ११ हजार ६ सय रुपैयां, जुवा तास खेल्न विछ्याइएको राडी १ थान र रातो कलेजी रंगको कार्पेट १ थान समेत फेला पारी बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई शुक्रबार आजै जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भई रहेको बताइएको छ ।

खेलिरहेका मध्ये योगेन्द्र कार्की फरार रहेको रहेको बताइएको छ । उनको खोजीकार्य भई रहेको धनकुटा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.