जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 04 | 07:54 am 65

जुम्ला, भदाै १९ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनकाे साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.