जुम्लाकाे तिलामा आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2022 Apr 23 | 07:18 am 229

जुम्ला, बैशाख १०ः जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा गएराति आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ। तिला गाउँपालिका ३ मा आगलागीबाट एकै परिवारका चार जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रतननाथ याेगिले जानकारी दिए ।

तिला ३ निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी बाट १० बर्षकी छोरी अनिमा, २ बर्षकी छोरी दिया , १ बर्षको छोरा दिपेश नेपाली र १४ बर्षकी भान्जी तिर्सना नेपालीको मृत्यु हो ।

आगलागीबाट घाइते मानसिंह नेपाली, उनकी श्रीमती फागुनी सार्कि, बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको बताइएकाे छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.