जिल्ला अदालत जुम्लामा मुद्दाको संख्या धेरै फैसला थाेरै

| 2019 Jun 30 | 07:36 am 29

जुम्ला, असार १५:  जिल्ला अदालत जुम्लामा विभिन्न कसुरका मुद्दाको संख्या बढे पनि समयै कार्यान्वयन नहुने गरेका पाइएको छ । केही वर्षयता मुद्दाको संख्यामा वृद्धि भएको तर फैसला समयमै हुने नगरेको पाइएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा जिल्ला अदालत जुम्लामा १ सय २२ मुद्दा दर्ता भएका छन् । भने अघिल्लो आर्थिक वर्षमा ७२ वटा मात्र मुद्दा दर्ता भएका थिए । जिल्ला अदालतका स्रेस्तेदार कपिल पौड्यालका अनुसार अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्ष गरी जम्मा १ सय ९४ मुद्दा परेकोमा १ सय ८ मुद्दा फछ्र्यौट भएका छन् । अझै ८६ वटा मुद्दा कार्यान्वयन नै हुन सकेनन् । थुनुवा मुद्दातर्फ ३१ वटामध्ये ७ यस्तै महिला पक्षमा भएका मुद्दामा ६९ मुद्दामध्ये ४४ज्येष्ठ नागरिक पक्ष भएका ८ मुद्दामा ३ फछ्र्यौट भएको स्रेस्तेदार पौड्यालले जानकारी दिए ।

यसैगरीपुरुष पक्ष भएका सम्बन्ध विच्छेदतर्फ ७ मुद्दा परेको उनको भनाइ छ । १ भदौदेखि लागू भएको नयाँ मुलुकी ऐनको व्यवस्थानुसार जुम्लामा सम्बन्ध विच्छेदका घटना बढेको उनको भनाइ छ ।

यस्तैआर्थिक वर्ष २०७५।७६ मै अदालतमा दर्ता भएका मुद्दामा मेलमिलाप कक्षमा पठाइएका ३४ मध्ये १६ वटा मुद्दा मात्र मेलमिलाप भएर आएका छन् । फैसला कार्यान्वयनतर्फका निवेदन जिम्मेवारी सरेका ४ मध्ये १९ वटा मुद्दा भएका गरी २३ वटा मुद्दा दर्ता भएकामा १२ फछ्र्यौट भएका र ११ बाँकी रहेको न्यायाधीश श्याम घिमिरेको भनाइ छ ।

यस्तैकैदतर्फमा जिम्मेवारी सरेका ९२ वर्ष ९ महिना एक दिन र यस वर्षको ५२ वर्ष २ महिना २९ दिन गरी जम्मा १ सय ४५ वर्षमध्ये ४९ वर्ष ६ महिना १८ दिन फछ्र्यौट भइसकेका छन् ।

जिल्ला जिल्ला अदालत जुम्लाले आर्थिक वर्षमा गरेका गतिविधिबारेमा जानकारी दिन गरिएको अन्तरक्रियाको अवसरमा सहभागी पत्रकारले न्याय सम्पादनमा ढिला गरेको बताएका थिए । न्याय सम्पादनमा समेत स्थानीयको राम्रो पहुँच राम्रो नभएकाले आगामी दिनमा यस्ता कुरामा ध्यान दिन आग्रह गरे । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.