जिप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको पहिचान खुल्याे

| 2022 Apr 17 | 03:21 pm 257

स्याङ्जा, वैशाख ४ः वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ मा भएको जिप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष ४५ की हीराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उनका सात महिनाको छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाईते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घाइते छ जनालाई नै उपचारका लागि पोखरा पठाइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा अन्दाजी वर्ष ६० वर्षका अंगबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । जिपमा ११ जना सवार रहेका बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.