जितगढी विजयी दौड-२०७७ Victory Half Marathon सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jan 10 | 07:45 pm 157

काठमाडाैं, पुस २६ः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा शनिबार मध्य पश्‍चिम पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा जितगढी विजयी दौड-२०७७ Victory Half Marathon (२१ कि.मि. दौड) सफलतापूर्वक सम्पन्न
भएको छ ।

No description available.

वार्षिक रुपमा नेपाली सेनाको अगुवाईमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विजय महोत्सव दौड कार्यक्रम संचालन गरिदै आईरहेको छ ।

“जीतगढीको शान, नेपालीको पहिचान” मुल नारा सहित राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमको मुख्य उद्धेश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको छ ।

No description available.

१४१ जना धावकहरुको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई मुख्य मन्त्रीबाट नगद पुरस्कार, पदक तथा प्रमाण-पत्र प्रदान वितरण गरेका हुन् ।

(क) पुरुष तर्फ: प्रथम: सि. शिब रायमाझी, श्री खड्‍गदल गण, द्वितीय: सि. सुबाश कार्की, श्री नारायणदल गण, र तृतीय: स.प्र.ज. गौरब भण्डारी, श्री नं.५ विन्दावासिनी बाहिनी । (ख) महिला तर्फ: प्रथम: सि. निर्मला के.सी., गरुडदल गण,  द्वितीय: स.प्र.ज. भाबना शाही, श्री नं.५ विन्दावासिनी बाहिनी र तृतीय: मिनिसा थापा, गोरखदल गण रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.