जिग्री र पाँडेको टिमबिनाको भद्रगोलमा लाइक भन्दा डिस्लाइक दोब्बर

रिपोर्ट नेपाल | 2019 Sep 09 | 07:25 pm 48

काठमाडौँ, भदौ २३ : हाँस्य कालाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को टिमबिनाको चर्चित हास्य टेलिश्रृंखला भद्रगोल साच्चै भद्रगोल नै भएको छ । जिग्री र पाडेको टिम बिनाको पछिल्लो एपीसोडलाई दर्शकहरुले रुचाएका छैनन् ।

गत शुक्रबारको एपिसोडमा पहिलाको भन्दा फकर कलाकार भएपछि दर्शहरुले लाइक भन्दा डिसलाईक दोब्बद भन्दाबढी गरेका छन् । यो समाचार तयार परिसक्दा १८ हजार दर्शकहरुले लाइक गरेका छन् भने ३७ हजार दर्शकहरुले डिसलाइक गरेका छन् ।

उक्त श्रृखंला नयाँ कथावस्तु ,नयाँ शैली र नयाँ कलाकारहरुको साथमा प्रसारण भएको थियो । पुराना कलाकार पाँडे र जिग्रीको टिमका २१ जना कलाकारहरु छोडेका हुन् । जसले गर्दा शुक्रबार प्रसारित नयाँ एपिसोडले दर्शकलाई खुसी बनाउन सकेन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.