जापानमा ७.१ म्याग्निच्युडको भुकम्प

रिपोर्ट नेपाल | 2021 Feb 14 | 08:39 am 405

एजेन्सी, फागुन २ः जापानमा ७.१ म्याग्निच्युडको भुकम्प गएको छ । जापानको फुकुशिमा केन्द्र भएर गएको ७.१ म्याग्निच्युडको भुकम्प पछि, जापानका मूख्य क्याबिनेट सचिब खातोउले प्रभावित क्षेत्र उद्दार तथा आवश्यक सबै प्रबन्ध मिलाउन सम्बन्धित निकायहरु लागिसकेको जनाएका छन् । १ बजेपछि तत्काकलै सरोकारवाला निकायहरुको आपतकालिन् बैठक बस्ने भएको छ ।

हाल, फुकुशिमा, मियागी, ईबाराकी, तोचिगी, खानागावा, गुन्मा,यामानाशी तथा शुजुओका प्रान्तका विभिन्न स्थानमा गरेर, ९० हजार घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । यसका अलवा, मानविय तथा भौतिक क्षतिबारे खासै विवरण प्राप्त भईसकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.