एजेन्सी, चैत १५ः आइतबार बिहान जापानको चिबा प्रिफेक्चरमा ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो ।
भूकम्प स्थानीय समयानुसार बिहान ९ः२७ मा गएको थियो ।तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।
गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।