बाग्लुङ चैत १६: प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले कमाण्ड संहालेको छोटो अवधिमै बाग्लुङमा अबैधधारिहरु धमाधम पक्राउ पर्न थालेका छन्। रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आज बिहान बाग्लुङको ग्वालिचौरमा अमेरिकन पेस्तोल त्यसको म्यागजिन र ४ राउण्ड गोलि सहित श्याम बहादुर रेस्मिलाई प्रहरीले रंगेहात पक्राउगर्न सफल भएको छ।
रेशमी ४ बर्ष अघि पनि हतियार केशमा जेल बसेर छुटेका अभियुक्त्त हुन्। उनका बिषयमा बिशेष सुराकी आएपछि प्रहरी उपरीक्षक ज्ञवालीले निगरानी बढाएका थिए। उपरीक्षक ज्ञवाली स्यंम आफै ग्वालीचौर पुगेर प्रहरी सहायक निरक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा सादा पोशाकका ५ प्रहरीले हतियार सहित रेश्मिलाई पक्राउ गर्न सफल भएको हो।