जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2021 Nov 23 | 01:09 pm 133

सर्लाही, मंसिर ७ः जबरजस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ब्रहमपुरी गाउँपालिका वडा नं. ७ नोकैल्वाका ३८ वर्षीय श्याम सुन्दर यादव रहेका छन् ।

उनले २०७८ भदौ ५ गते विहानको समयमा नाम थर परिवर्तित २२ लाई जवरजस्ती करणी गर्न प्रयास गरेको घटना सम्बन्धमा फरार रहेका  यादवलाई खोजतलास गर्ने क्रममा सोमबार फेला पारी पक्राउ गरी सम्मानित सर्लाही जिल्ला अदालत सर्लाहीबाट पहिलो पटक ५ दिनको म्याद अनुमत लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।

भन्सार छली पैठारीको सामान सहित २ जना प्रहरी नियन्त्रणमा

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ५ मेजरगन्ज स्थितमा खटिएको प्रहरी टोलीले ब्रहमपुरी गाउँपालिका वडा नं. १ बस्ने २५ वर्षीय बिमल कुमार राय र मलंगवा नगरपालिका वडा नं. ११ बस्ने मनि कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले २ वटा मोटरसाईकलमा भारतबाट भन्सार छली पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको मोटरसाइकलमा बिभिन्न किसिमका २ लाख ९५ हजार ४ सय बराबरको कपडा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि सोमबारभन्सार कार्यालय मलंगवा बुझाएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.