जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 09 | 10:38 pm 179

  • महेश सिंह

सिरहा मंसिर २३: जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ३ का ३८ वर्षीय अजय कुमार यादव रहेका छन् । आफ्नै घरमा लुकीछिपि बसिरहेको छ भन्ने विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए।

यादवलाई जबरस्स्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.