जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 15 | 08:48 am 38

उदयपुर, असाेज २९ः जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक त्रियुगा नगरपालिकाको वडा २ हाल ११ का ४८ बर्षीय शेक्पा भनिने रामसेबक चौधरी रहेका छन् ।

अभियुक्तलाई उदयपुरगढी गाउँपालिका १ बाहुनीटारबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

चाैधरीले २० बर्ष अघि २२ बर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । उक्त मुद्दामा फरार अभियुक्तलाई जिल्ला अदालत उदयपुरबाट ३ बर्ष कैद सजाएको फैसला भएको थियो ।

पक्राउ अभियुक्तलाई फैसला कार्यन्वएनको लागि जिल्ला अदालत उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.