जनकपुरमा १८ किलो चाँदीसहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 27 | 04:27 pm 48

जनकपुर, असाेज १० : जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ अबैधरुपमा साढे १८ किलो चाँदी लैजादै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह रहेका छन् ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको उनले उप्रेतीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.