जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

| 2019 Sep 30 | 02:20 pm 53

सर्लाही, असाेज १३: बिषादी युक्त जंगली च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ जना बिरामी भएका छन् भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

ईश्वरपुर न.पा. ११ का बृज कुमार माझिको घरमा जंगली बिषादी च्याउ ल्याई पकाएर खादां एकै घर परिवारका १२ जना सदस्य गम्भिर बिरामी भएको ईलाका प्रहरी कार्यालय केशरगंजले जानकारी दिए ।

बिरामी हुनेहरुमा वडा नं. ११ भलुवाही बस्ने ६० वर्षीय बृज कुमार माझी, माझीकै श्रीमती ५५ वर्षीया राज कुमारी माझी, माझिका छोरा ३२ वर्षीय पल्टु माझी , ३१ वर्षीय बिल्टु माझी, पल्टु माझीकी श्रीमती २८ वर्षीया सबिता माझी, पल्टु माझीको छोराछोरीहरु ६ वर्षीया रिन्कु माझी, ४ वर्षीय छोरा अबिनास माझी, २ वर्षीय विकास माझी, बिल्टु माझीको श्रीमती २७ वर्षीय अन्जु देबी माझी , १० वर्षीय छोरा अमित माझी ,५ वर्षीया छोरी प्रियांका माझी ३ वर्षीया मेनुका माझी गम्भिर बिरामी भएका छन भने राज कुमारी माझी र सबिता माझी अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

बिरामी १२ जना मध्ये बृज कुमार माझीको अमृत हेल्थकेयरमा प्राथमिक उपचार पश्चात समान्य भैसकेकोले डिस्चार्ज गरिएको र बाकीँ ११ जना बिरामीहरुको आर्थिक अवस्था कम्जोर भएकोले उपचारको लागि प्रहरीले जनप्रतिनिधिहरुसंग समन्वय गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि जनकपुरका अस्पतालमा रेफर गरिएको प्रहरी प्रवक्ता राठोरले जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.