छोरी जन्मेको भन्दै घर छाडेर हिडेका महतारालाई स्थानीय निकायको पहलमा फर्काइयो

रिपोर्ट नेपाल | 2019 Aug 13 | 06:37 pm 114

खलङ्गा, साउन २८ : छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै रेडियो नारी आवाजमा पुग्नुभएकाु थियो । श्रीमान्ले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो ।

आपत्कालीन रुपमा उहाँलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको ( अवजरवेसन) कोठामा राखिएको थियो । पुतलीको आश्रयनै नभएपछि विशेष हेरचाहसहित निःशुल्करुपमा राखिएको थियो । श्रीमान्ले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पु¥याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिए ।

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन यही साउन ७ गते सदरमुकाम आएकी र साउन १३ गते बच्चा जन्मेको थियो । श्रीमान्ले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए । उनका तीन छोरा र तीन छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.