छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 05 | 03:16 pm 53

काठमाडाैं, जेठ २३ः छुट्टाछुट्टै जिल्लामा भएकाे सवारी दुर्घटनामा परी बिहीबार राती तीन जनाकाे मृत्यु भएकाे छ ।

नवलपरासी(पश्चिम), पाल्हिनन्दन गाउँपालिका-३ पर्सियास्थित सडकमा महेशपुरबाट परासीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री करिब ४६ वर्षीय नाथु प्रसाद गुप्ताको घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ पथलैयास्थित सडकमा सिमराबाट पथलैयातर्फ जाँदै गरेको ना.२ च ३५८६ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री ४५ वर्षीय लक्ष्मण शर्मा लामिछानेको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ क्याम्पडाँडा नागदहस्थित सडकमा ना.१२ प ५७७३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-४ पारिजातपथका ६२ वर्षीय जित बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.