छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Feb 15 | 10:17 am 225

कास्की, फागुन ३ः पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

ग १३ प ३९२५ नम्बरको मोटरसाइकल लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गर्दा बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको जिल्ल प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

उक्त दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी पोखरा २५ मा दुर्घटना हुँदा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।

भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।  दुबै घटनाका वारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.