छिन्चु–जाजरकोट सडक खण्डमा बस दुर्घटना १८ यात्रु घाइते

रिपोर्ट नेपाल | 2020 Jan 09 | 01:45 pm 34

सल्यान, पुस २४ः छिन्चु–जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

सुर्खेतबाट जाजरकोटको लागि छुटेको काक्रेबिहार यातायात प्रालिको भे १ ख २५७३ नम्बरको फोर्स गाडी छिन्चु–जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक सडकभन्दा १ सय ५० मिटर तल चिप्लेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा १८ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेका छन् ।

गम्भीर हुनेमा सुर्खेत भेरगंगा ननगरपालिका छिन्चुका वर्ष ३५का चालक प्रकाश शर्मा, सोही नगरपालिका ९ जहरेका ४९ वर्षीय शान्त कुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का ३० वर्षीय होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का १३ वर्षीय अनिश विश्‍वकर्मा, छेडागाड नगरपालिका ९ जाजरकोटका २१ वर्षीय भगवती उपाध्यक्ष गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ।

घाइते हुनेमा ६ महिला, २ बच्चा, १० जना पुरुष रहेका छन्। गाडीको स्पिड बढी भएको कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.