छवि र शिल्पा पक्राउको अनुमती लिन प्रहरी पुग्यो अदालत

रिपोर्ट नेपाल | 2019 Jul 24 | 04:12 pm 221

काठमाडौँ, साउन ८  :चलचित्र निर्माता छवि ओझा र उनकी पछिल्लो पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.