छब्बीस वर्षीया पार्वती बनिन् महासमिति सदस्य

| 2021 Nov 24 | 11:05 am 6793

गुल्मी, मंसिर ८ः नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गुल्मी क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट २६ वर्षीया पार्वती कुँवर महासमिति सदस्यमा निर्वाचित भएकी छिन् ।

सदरमुकाम तमघासमा सम्पन्न अधिवेशनमा अधिवक्ता कुँवरले खस आर्य महिला तर्फ उम्मेदवारी दिएकी थिइन् । नेपाली कांग्रेस गुल्मीमा सचिव खिलध्वज पन्थी पछि कुँवरले दोस्रो मत ल्याउन सफल भएकी हुन् ।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी कुँवरले ५ सय ७१ मत ल्याएर शानदार जित हासिल गरेकी हुन् । सर्वोत्कृष्ट मत ल्याएका जिल्ला सचिव खिलध्वज पन्थीले ६ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.