छतबाट खसेर रुपन्देहीमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 30 | 09:24 am 35

रुपन्देही, असार १६ः खेल्ने क्रममा घरको छतबाट खसेर रुपन्देहीमा चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजय रहेका छन् ।

घरको छतबाट खस्दा भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.