छठको घाटबाट एक युवक पेस्ताेलसहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 21 | 09:31 am 62

सिरहा, मंसिर ६ः छठको घाटबाट सिरहामा एक युवकलाई प्रहरीले हतियारसहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ कै २२ वर्षीय रबीन दास रहेका छन् ।

उनलाई शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ का एक पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली बरामद गरिएको शर्माले बताए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रबीनले आफ्ना एकजना छिमेकीमाथि आक्रमण गर्ने योजनाअनुसार पेस्तोलसहित छठ घाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । ती छिमेकीसँग उनको पुरानो रिसइबी रहेको स्थानीय बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.