चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 06 | 12:27 pm 46

दाङ, कात्तिक २०: चोरी माद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दहका २३ वर्षीय गोविन्द घर्ति मगर रहेका छन् ।

उनलाई चोरी गरेको कसुरमा सम्मानित दाङ देउखुरी जिल्ला अदालतबाट २०७२ असोज १९ गते १ वर्ष ६ महिना २० दिन कैद सजाय फैसला भएको थियो ।

उक्त फैसला पश्चात् हाल सम्म फरार रहेका अभियुक्त गोविन्द घर्ति मगरलाई खोजतलास गर्ने क्रममा (आज) बुधबार बिहान करिब ६ बजेको समयमा पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

उनलाई घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको र अभियुक्तलाई आजै सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.