चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

| 2022 Mar 31 | 08:51 am 209

काठमाडौँ चैत १७ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु बैठकमा बस्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनका नेताहरु बैठकमा सहभागी हुँदैछन् ।

साढे १० बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट सांसद दुर्गा पौडेललगायतले छलफल गर्नेछन् ।

कांग्रेसले स्थानीय चुनावमा आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेपछि यो बैठकलाई महत्तवका साथ हेरिएको छ । यही बैठकबाट चुनावी गठबन्धन कस्तो हुनेछ भन्ने पनि थाहा हुने एक मन्त्रीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली जाँदै छन् । देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो । आजको कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.