चिनियाँ विदेशमन्त्री काठमाडाैंमा

रिपोर्ट नेपाल | 2022 Mar 25 | 05:45 pm 189

काठमाडौं, चैत ११ः चिनियाँ विदेशमन्त्री वाङ यी नेपालकाे तीन दिने भ्रमणका लागि  १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुगेका छन्।

विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट नेपाल आएका हुन्। चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गरेका थिए।

वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आइपुगेका हुन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन्।

विमानस्थलबाट उनी बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुगेका छन्। शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन। शनिबार उनले भेटघाट गर्ने बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.