चितुवाको छालासहित गाैतम पक्राउ

| 2022 Mar 27 | 07:43 pm 309

काठमाडाैं, चैत १३ः चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वाग्लुङ तमान गाउँपालिका वडा नं. ४ स्थाई घर भई हाल काठमाडाैं सामाखुसी गणेशस्थान नजिक डेरा गरी वस्ने बर्ष २७ का नर बहादुर गौतम रहेका छन् ।

प्रहरीले टाेलीले गोप्य सुचनाको आधारमा ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडक बाटोमा बा २ ज ४९५१ नं. को याम प्रसाद हर्मेलले चलाएको ट्याक्सि रोकी चेक जाँच गर्दा सो ट्याक्सिको यात्रु नर वहादुर गौतमले सिमेण्टको वोरामा कालो प्लाष्टिकले वेरेर राखेको ७ फिट ३ इन्च लम्वाई, ३ फिट ९ इन्च चौडाई भएको चितुवाको छाला साथमा लिई बिक्री गर्न आएको अवस्थामा पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.