चितवन मेडिकल कलेजबाट ‘विप्लव’का छोरा प्रकाशसहित १५ पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 11 | 01:07 pm 117

चितवन, भदाै २५: सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाशसहित दर्जन भन्दा बढी चितवन मेडिकल कलेजबाट पक्राउ परेका छन् ।

कलेजले अवैध शुल्क असुल गरिरहेकाे भन्दै विद्यार्थी आन्दोलित भएपछि प्रकाशसहित  आन्दाेलनरत १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको घेरा तोडेर नारावाजी गर्ने क्रममा १५ विद्यार्थीलाई नियन्त्रणमा लिएकाे चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।

विद्यार्थीहरु केही दिनअघिदेखि विभिन्न शैक्षिक मागका साथै शुल्क घटाउनुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका थिए ।

सोही मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत प्रकाश आन्दोलनको अगुवाइ गर्दै आइरहेको बुझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.