पार्ष मंसिर १७ : प्रहरी महानिरीक्षक शैलेस थापाले दिएको निर्देशनलाई अटेर गरेपछि जिल्ला प्रहरी कार्यालय प्रसाकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई अर्को ताकेता पत्र आएको बुझिएको छ। दरबन्दी गोर्खा भएर रकम खर्चेर पन्तको घुमुवा बन्न कागजमा आएका हवल्दार सुरेन्द्र साहको कागज रद्द गरेर दरबन्दी पठाउन दिएको निर्देशनलाई अटेर गरेको समाचार रिपोर्ट नेपालले समाचार प्रकाशित गरेको थियो। हवल्दार साहलाई दरबन्दीमा पठाउनका लागि पठाईएको पत्र लुकाएका कुलबहादुर र कुँवरलाइ प्रशासन बाट हटाईएको छ।
कुवँरको ठाउँमा एसपी पन्तले सर्लाहीमा रहदा अतयन्तै बिबादमा रहेका प्रहरी नायब निरीक्षक निलरज काफ्ले ल्याएकी छन्। प्रहरी प्रधान कार्यालय बाट हवल्दार सुरेन्द्र साहलाई दरबन्दीमा पठाउन दिएको निर्देशनलाई अहिलेका प्रशासन हेर्ने सहि काफ्लेले समेत पत्र दिन खोजेका छैनन। हवल्दार सुरेन्द्र साह देखिएर नहिडे पनि भित्रि रुपमा घुमुवा प्रहरी नायब निरीक्षक कमल परियार संगसंगै हिड्ने गरेका छन।