काठमाडाैं, बैशाख ७ः काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र पहेलो रङको १ थान धातु लगायत बिभिन्न सामानहरू बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १ थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न्न ब्यक्तिका नामको चेकहरू, बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरु बरामद भएको छ । प्रारम्भिक रुपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ । बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ । महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारीलाई १ थान पेस्तोल र १ थान मिसफायर भएको गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले पेस्तोल लिई बिबाहको गाडी तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र प्रहरी चौकी हात्तिलेटबाट खटिएको प्रहरीतर्फ लक्षित गरी भण्डारीले फायर गर्दा मिसफायर भएपछि तत्काल उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, दुधौली नगरपालिका-११ श्रीपुर गाउँ बस्ने ४५ वर्षीय दिल बहादुर राईको घरबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनको घरमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार राईको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।विभिन्न हातहतियार सहित पक्राउ