चट्याङ लागेर वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 05 | 01:07 pm 51

सिरहा, जेठ २३ः चट्याङले लागेर सिरहामा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–१० का ७४ वर्षीय नरबहादुर राई रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको हो। खेततर्फ गइरहेका राईलाई शुक्रबार बिहान ८ बजे चट्याङ लागेको स्थानीय डेनोक मोक्तानले जानकारी दिए।

घटनापछि ईलाका प्रहरी कार्यालय धनगढीबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि लहान अस्पताल लगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.