चट्याङ लागेर उदयपुरमा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jun 25 | 03:16 pm 41

उदयपुर, असार ११ः बिहीबार बिहान हावाहुरी पानी संगै परेको चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा न १३ असारीका ४५ बर्षीय कानुन चौधरी रहेका छन् ।

त्यसैगरी चट्याङ लागेर सोही वडाको भातिखर्ककी ३१ बर्षीया अनिता खड्का घाईते भएकी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए । चट्याङ्गले लागेर उनको खुट्टाको केही भाग जलेको बताइएको छ ।

मृतक र घाइते दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ्गले लागेको स्थानीयको भनाइ छ । घाइते खड्काको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

उनको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । चौधरीलाई उपचारको लागि जिल्ला अस्पतला पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.