चट्याङ लागेर उदयपुरमा एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 28 | 01:06 pm 31

उदयपुर, असार १४ः पानीसँगै परेको चट्याङ लागेर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा न ५ मा एक युवको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय दिपेश मगर रहेका छन् । शनिबार खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भिर घाइते भएको उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङले बेहोस भएपछि उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.