घुस लिँदा लिँदै कार्यालय प्रमुख अख्तियारको फन्दामा

रिपोर्ट नेपाल | 2020 Aug 04 | 02:41 pm 129

रुपन्देही, साउन २०ः राजश्‍व अनुसन्धान बुटवल कार्यालयका प्रमुख घुस लिँदा लिँदै अख्तियारले कार्यालयबाटै पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार्यालयका प्रमुख विजय राना रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँगाउँस्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

अख्तियार बुटवलका प्रमुख डा भीष्मप्रसाद भुसालका अनुसार घुससहित पक्राउ परेका रानासँग सोधपुछ भइरहेको बताए।

उनले घुस रकमबारे केही खुलाएका छैनन्। अख्तियारको टोलीले यसअघि बाँके राष्ट्रिय निकुञ्‍‍जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई केही दिनअघि ८ लाख ९८ हजार घुससहित पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.