घाम ताप्ने क्रममा लडेर मुगुमा एक शिक्षकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 09 | 01:11 pm 206

मुगु, माघ २६: शरीरको सरसफाई अर्थात नुहाइधुवाइ गरेर घाम ताप्न बसेका शिक्षकको लडेर ज्यान गएको छ।

ज्यान जानेमा खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत शिक्षक २७ वर्षीय जयबहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ।

शाहीको स्थायी घर भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतले दिएको जानकारी अनुसार शाही शनिबार नुहाइधुवाइ गरी पाखामा घाम तापिरहेका बेला अचानक बसेकै स्थानबाट लडेका थिए ।

लड्ेर २ सय मिटर तल खसेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि शनिबारै तीन घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो।

उपचार कै क्रममा शनिबार राति ११ बजे शाहीको मृत्यु भएको प्रहरीले बताइएको छ।

उनको परिवारका सदस्य नेपालगञ्जबाट आउने भएकाले शाहीको दाहसंस्कार हुन बाँकी रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.