घाटीरेटी हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला

रिपोर्ट नेपाल | 2019 Nov 07 | 09:23 pm 58

  • महेश सिंह

सिरहा, कात्तिक २१: सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी बिहीबार बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

करिब ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

बिहान करिब ६ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीलाई खबरपछि प्रहरी घटना स्थलमा पुगेका थिए । भने लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.