घरेलु हिंसा कसुर सजाय सम्बन्धि अन्तरक्रिया सम्पन्न

रिपोर्ट नेपाल | 2021 Feb 12 | 09:38 pm 577

  • महेश सिंह

सिरहा, माघ ३०ः लहानमा राष्ट्रिय मानव अधिकार आयोगले घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को कार्यान्यन अवस्था सम्बन्धी छ्लफल तथा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सिरहा जिल्लामा घरेलु हिंसाबाट पीडित भएका सयौं महिलाहरुले आ–आफनो दुखेसो कार्यक्रममा सुनाउदै न्यायको लागि पहल गरिदिन आग्रह गरेका थिए।

राष्ट्रिय मानव अधिकार आयोगको कानुन महाशाखाकी अधिकृत सन्ध्या पुड्डासैनिको अध्यक्षतामा कार्यक्रम भएको थियो, भने प्रमुख अतिथिमा लहान नगरपालीकाको उप प्रमुख सरियार चौधरी रहेका थिए ।

उक्त अन्तरक्रियामा मन्तब्य राख्दै उप–मेयर चौधरीले हाम्रो समाज सदियौ देखि अहंकारले भरिएको समाज भएको टिप्पणी गरे । महिला अधिकारकर्मिहरुको संघर्ष जारी नै रहेको पनि बताए । बिगतका बर्षहरुमा अधिकारकर्मिहरुलाई काम गर्न कठिन थियो त्यसको तुलनामा अहिले धेरै नै सहज भएको बताए।

पीडित महिलाहरुलाई कसरी उद्यमी बनाउने त्यसको लागि महिला बिकास शाखाबाट बजेट छुट्याई सीप बिकासको तालिम तथा जनचेतना कार्यक्रमको आयोजना गर्दै अगाडि बढाउने उप–मेयर चौधरीले प्रतिबद्धता ब्यक्त गरे ।

महिला मानव अधिकार संजालकी संयोजक रेनु कर्णेकी अनुसार घरेलु हिंसा आमा र समाजको जननी हो भन्दै हाम्रो महिलाहरु पीडित हुनुको मुख्य कारण भनेको हाम्रो समाजले पृतित्तात्मक सोचले गर्दा महिलाहरु पीडित बन्दै गएको अनुभव सुनाएका थिए ।

मानव अधिकारकर्मी देबराज पोखरेलका अनुसार मान्छेले आत्मा हत्या रहरले होईन बाध्यताले गर्ने गरेको बताए । हिंसा पीडित ब्यक्तिहरुले न्याय नपाउँदा प्रहरी कार्यालय र न्यायको लागि संजालमा गएर पनि उनीहरुलाई सहज र सुरक्षितको महसुस नभएको बताए । पीडित महिलाहरुलाई स्वरोजगारमा लैजान स्थानीय सरकारसंग आग्रह गरेका थिए ।

अर्का अधिकारकर्मी भैरब गेलालका अनुसार पीडितको प्रमाण भनेको उनीहरुको मुद्दा हो भन्दै पीडितले दिएको उजुरीको अधारमा अपराधीलाई कारबाही गर्नुपर्ने बताए।

त्यसैगरी अधिकारकर्मी शुनिल साहले भने पीडित महिलाहरुलाई सुरक्षीत बासको ब्यबस्था गरियोस भन्ने मेरो बुझाई हो । यस्तो संविधानमा मात्र सिमित रहेको बताए ।

कार्यक्रममा गुना महर्जनले ऐनको कुरा प्रष्ट्याएका थिए । अतिथिहरुमा सशस्त्र प्रहरी लहानका प्रहरी उपरीक्षक बिनोद थापा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक डा तपन बहादुर दहाल, ईलाका प्रंसासन कार्यालय लहानका प्रेम बहादुर पोखरेल, अधिकारकर्मी रेनु कर्णे, रिकमा बिश्वकर्मा, कविता जैसवाल, कविता महतो लगायत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.