घरमा राखेको बम फिष्फोट हुँदा एक जना घाइते

रिपोर्ट नेपाल | 2020 Jun 26 | 08:48 am 30

इलाम, असार १२ः जिल्लाको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् ।

द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम उनका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए ।

तत्कालीन बिद्रोही माओवादी र सेना बिच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए ।

उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौषमलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको छ । काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौषम लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.