घट्यो सुनचाँदीको मुल्य

रिपोर्ट नेपाल | 2020 Mar 19 | 02:09 pm 80

काठमाडौं, चैत ६: बिहीबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजारमा कारोबार भइरहेको जानकारी दिएको छ ।

बुधबार मात्र एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।

तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.