गोठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

| 2021 Apr 07 | 11:36 am 189

प्यूठान, चैत २५ः बुधबार बिहान प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला राना रहेकी छन्  ।

घरमा अभिभावक नभएको बेला बिहान करीव ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको स्थानीय किशोर रानाले जानकारी दिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.