गृहमन्त्री खाँण आज गुल्मीमा गर्जने

| 2022 Apr 08 | 12:17 pm 281

गुल्मी चैत्र २५ : नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण आज शुक्रबार गुल्मी आएका छन् । प्रभु एयरलाइन्सको हेलिकप्टरबाट गुल्मी आएका खाँणले जिल्ला प्रशासन कार्यालयको बैठक कक्षमा सुरक्षा अधिकारीलाई आगामी स्थानीय निर्वाचनका विषयमा शान्ति सुरक्षाको बारे चासो राख्दै चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् ।

जिल्ला स्थित सबै सरकारी कार्यालयका प्रमुखलाई स्थानीय निर्वाचन स्वच्छ र धाँधली रहित सम्पन्न गर्न सबै आ-आफ्नो ठाँउबाट लाग्न समेत गृहमन्त्री खाँणले निर्देशन दिएका छन् । चौथो गुल्मी महोत्सवको उद्घघाटन गर्न गृहमन्त्री खाँण सदरमुकाम तम्घास आएका हुन् ।

गुल्मी उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा देश विदेशका सामाग्री देखि स्थानीय उत्पादन सामाग्रीको स्टल राखिएका छन् । महोत्सव कृषी पर्यटनको बृद्धिका लागि कोशेढुङ्गा हुने कुरा अध्यक्ष इश्वरी पौडेलले बताए । महोत्सवलाई उत्सवमय बनाउन राष्ट्रियस्तरका कलाकारको जोडदार प्रस्तुती हुने समेत जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.