गुुल्मेली व्यापारी मनोनित भए

रिपोर्ट नेपाल | 2019 Jun 12 | 09:35 am 537

तमघास, जेठ २९:  गुल्मी उद्योग बाणिज्य संघले जिल्लामा सकृय व्यावसायीहरुलाई विभिन्न पदमा मनोनित गरेको छ ।

बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी मगरले विधान अनुरुप महिला उद्यमीको संयोजकमा अनिषा केसी र सदस्यमा जमुना थापा, पार्वती पाण्डे, शशी केसी, कमला बजिमय, आशा थापालाई मनोनयन गरेका छन् । त्यसैगरी कार्य समितिको सदस्यमा राधा पोख्रेल, र कृष्णा खनाल मानोनित भएका छन् ।

आमन्त्रीत सदस्यमा भेषराज कडेल, यमलाल वेल्वासे, देवबहादुर विक, युवराज पाण्डे, देवबहादुर बस्नेत, जमालुदिन मिँया र लिलाबहादुर बस्नेत मानोनित भएको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.