गुल्मी समाज भिक्टोरिया र वामी विश्व सम्पर्क मञ्चद्धारा बाढी पहिरो पिडितलाई रकम हस्तान्तरण

| 2020 Sep 15 | 07:15 pm 60

  • कौरव खत्री

गुल्मी, भदौ ३०ः गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलियाद्धारा संयुक्त रुपमा ढोरपाटनका बाढीपहिरो पीडितहरुलाई सहयोग बमोजिमको राहत रकम हस्तान्तरण गरेको छ ।

No description available.

ढोरपाटन नगरपालिका बोबाङका बाढी पहिरो पिडित घरपरिवारलाई गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तर्फबाट २ लाख, ३३ हजार, ३ सय, २० रुपैया र वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलिया तर्फबाट १ लाख, ७ हजार, ७ सय, ६ रुपैया गरी संयुक्त रुपमा कुल जम्मा ३ लाख, ४१ हजार, २६ रुपैयाको नगद चेक ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले गुल्मीवासीले ढोरपाटनका बाढी पहिरो पिडितहरुको लागि ठूलो सहयोग पुर्याएको भन्दै राहत रकमलाई पारर्दशी बनाउने बताए ।

साथै नगरप्रमुख नेपालीले सहयोग रकमले पीडितहरुका घर निर्माण गरिदिने र सहयोग देखिने गरी नेपालकै नमूना काम गर्ने बताउदै आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

No description available.

सोही अवसरमा गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका संरक्षक भिमलाल सापकोटा, वामी विश्व सम्पर्क मञ्च अमेरिकाका पूर्व अध्यक्ष हरिनारायण सापकोटा, महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा, वामी विश्व सम्पर्क मञ्चका प्रतिनिधि अग्निधर अर्याल लगायतले यस्तो कोभिडको बेलामा गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलियाले आर्थिक संकलन जुटाएर ढोरपाटनका बाढी र पहिरो पीडित घरपरिवारहरुलाई ठूलो सहयोग पुगेकोले सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई, ढोरपाटन नगरपालिका वडा नं.१ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ८ का वडाअध्यक्ष नन्दे सुनार वडा नं. ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर, मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे, मुसिकोट युनेस्को केन्द्रका सदस्य भिम पाण्डे, सञ्चारकर्मी रामकृष्ण कंडेल, ढोरपाटन नगरपालिकाका प्रेस सल्लाहकार झरना कंडेल लगायतको सहभागिता रहेको थियो ।

गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिका वडा नं.५ , ७, ८ र ९ बोबाङकका १ सय २० घरपरिवार विस्थापित भएका छन् । भने २ विद्यालय १२ वटा लघुजल विद्युत परियोजना र बाढी पहिरोले झोलुङ्गे पुलमा समेतमा क्षति पुगेको थियो ।

No description available.

राहत रकम हस्तान्तरण कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.